जन सरोकार
सरकारले बुहानबाट उद्धार गरी ल्याएकाहरु धर्नामा
कोरोना महामारीका बेला चीनको वुहान सहरबाट फर्केका नेपाली विद्यार्थीले शुक्रबार नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै चिकित्सा शिक्षा आयोग सानोठिमीमा धर्ना दिएका छन् ।

यसअघि उनीहरुले नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका उनीहरूले कोरोना महामारीले बाध्यात्मक परिस्थित सिर्जना गरेको अवस्थामा नेपालबाटै इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् ।
नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सरोकार पक्षसँग पटक–पटक ध्यानाकार्षण गराएको बताउदै उनीहरूले आफूले अध्ययन गरेका सम्बन्धित विश्वविद्यालयसमेतले आफ्नै देशमा इन्टर्नसिप गर्न भने पनि सरकारले वास्ता नगरेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्