जन सरोकार

संक्रमणदर २५ प्रतिशतभन्दा माथी, २४ घण्टामा थपिए तीनहजार बढी

नेपालमा कोरोना संक्रमणदर उकालो लाग्दै गरेको छ । शनिबार पछिल्लो २४ घण्टामा गरिएको कुल परीक्षणमा २५ प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको छ । शनिबार थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १७२२ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसै गरी कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोराना संक्रमितको संख्या ७ लाख १२ हजार ७४० जना पुगेको छ । तीमध्ये ६ लाख ६७ हजार २७० जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।

जसमध्ये ३२ हजार २७ जना होम आइसोलेसनमा र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button