एनआरएनए जापानका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण
गैरआवासीय नेपाली संघ जापानको (एनआरनए)को हालै सम्पन्न निर्वाचनबाट चयन भएको नवनिर्वाचित कार्यसमितिका अध्यक्ष शिप्रसाद पौडेल सहितका निर्वाचित पदाधिकारीको शपथ ग्रहण सम्पन्न भएको छ ।

आइतबार टोकियोमा एक कार्यक्रम आयोजना गरी निर्वाचन २०२१-२०२३ को पदाधिकारीहरुको शपथ गराइएको हो ।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन आयोगका प्रमुख नेत्रप्रकाश भण्डारीले भौतिक रुपमा र अनलाइन मार्फत उपलब्ध निर्वाचित समितिका सदस्यहरुलाई शपथ गराउनुभएएको हो ।
शपथ ग्रहण कार्यक्रममा जापान स्थित नेपाली दूतावासका प्रतिनिधि दीपबहादुर केसी, जापानमा कृयाशील बिभिन्न राजनीतिक दलका लगायतका प्रतिनिधि र केही संस्थाका प्रतिनिधि साथै नवनिर्वाचित पदाधिकारीहरुको उपस्थिति थियो ।
गत जुलाई ३० मा अनलाइन मार्फत सम्पन्न भएको निर्वाचनले नयाँ कार्यसमिती निर्वाचित गरेको थियो । निर्वाचन पश्चात पराजित उम्मेद्वारहरुले नतिजा स्वीकार नगरी छानबिनको माग गरे पनि निर्वाचन आयोगले नयाँ कार्यसमितीलाई पद तथा गोपनियताको शपथ गराएको हो ।
प्रतिक्रिया राख्नुहोस्