जन सरोकार
संक्रमितको संख्यामा कमी, मृत्यु हुनेको संख्या ५५
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या यसअघिको तुलनामा निकै घटेको छ भने मृत्यु हुनेको संख्या भने लामो समयको अन्तरालमा ५० नाघेको छ । आइतबार ५५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । यसै अवधिमा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार २९ जना निको भएका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४ सय ११ गरी २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
प्रतिक्रिया राख्नुहोस्