जापानमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी
जापानको दक्षिणपश्चिम क्षेत्र क्युशु केन्द्र बनाएर ७.१ तीव्रता (म्याग्निच्यूड)को शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ ।
शक्तिशाली भूकम्प गएपछि मियाजाकी र कोची प्रान्तमा सुनामीको चेतावनी जारी गरिएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।
सुनामीको उचाइ एक मिटर हुने अनुमान गरिएको छ । सुनामीको चेतावनी जारी गरिएको क्षेत्रका मानिसहरूलाई समुन्द्री किनार र नदी किनारबाट टाढा रहन सल्लाह दिइएको छ।
सुनामीका छालहरू धेरै पटक र अचानक उठ्न सक्ने र भएकाले मानिसहरूलाई समुन्द्री किनारबाट जोगिन र सुनामकीकाृ स्थिति अवलोकन गर्ने प्रयास नगर्न सल्लाह दिइएको छ ।
यसै गरी क्युशुमा रहेका आणविक उर्जा केन्द्रमा पनि कुनै समस्या नभेटिएको र रियाक्टरहरु सकुकल संचालनमा रहेको जनाइएको छ । भूकम्पले पुर्याएको क्षति विवरण भने आइसकेको छैन ।
गत जनवरीमा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७.६ थियो ।
प्रतिक्रिया राख्नुहोस्