जन सरोकार
उपचारको क्रममा अस्पतालबाट फरार भएका कैदी पक्राउ
उपचारको क्रममा अस्पतालबाट फरार भएका कैदी बिराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय मोहमद अहमदलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मोरङको रानीबाट खटिएको प्रहरीले उनलाई मोरङ, जहदा गाउँपालिका-१ तारेगाबाट पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई अहमद जिल्ला कार्यागार मोरङमा २०७९ फागुन २९ गतेबाट कैद भुक्तान गरिरहेका थिए ।
पेट दुख्ने बिरामी भई गत साउन १५ गतेबाट कोशी अस्पताल बिराटनगरमा उपचार गराई रहेका उनी साउन १७ गते बिहान शौचालय जाने क्रममा भागी फरार भएका थिए । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्