ग्यासको लाइनमा रात कट्यो, नेताको दोषारोपणमै दिन ढल्यो !
ऐले सुर्खेताँ ग्याँस छैन ! ग्यासका लागि मान्छेलहरु ग्याँस स्टेसनमा लाइन बस्या हुन्छन् । जता हेर्यो त्यतै यति लामो ग्यासका सिलिन्डरको लाइन हुन्छ । मान्छे रातको निद मारेर लाइनमा बसिरहेका छन् ।
सुर्खेत उपत्यकामा दैनिक हजारपन्द्रसय ग्याँस वितरण भएकै छन् । एक्कैछिन पछि वा भोलिपल्ट फेरि त्यति नै लामो लाइन देखिन्छ । रातभर लाइनमा नबस्ने मान्छेलाई ग्यास नदिने साउहरको नियम भएकाले हामी रातिमा बस्न नसक्ने मान्छेले ग्याँस पाउन्नम् ।
लाइनमा बस्नेले ग्याँस लगेकै छन् तर पनि किन ग्याँसको किन हाँहाँकार छ बुझ्नै सकिएको छैन । खासमा विक्रेताले नयाँ ग्यास पनि बेचेको छैन । हाम्ले सरसर्ती हेर्दा तिनै पुराना सिलिन्डर लिएर ग्याँस दिने गरिएको छ ।
के सुर्खेते यति धेरै धनी रैछन त, यौटाले घरमा १०/१५ वटा सिलिन्डर राखेर त्यै सिलिन्डरमा ग्याँस भरेर लैजान्छन् त । के हो यो ग्याँस अभावको रहस्य ? भन्न त रास्वपाहरु हाम्रो सरकारलाई असफल पार्न ग्याँस अभाव गराइया छ, ग्याँसमा कालो बजारी भाछ भन्छन तर लाइनमा बस्ने कसैले पनि कालो बजारी गरेको देखिन्न ।
आयल निगममा कैले कहाँ कति सिलिन्डर आउँछ भनेर ग्याँसको संख्या सार्वजनिक गर्याछ अनि व्यापारीले नि लाइनमा आँफुकहाँ आउने जत्तिकै संख्यामा सिलिन्डर राख्न लगाउँछ । सबै मान्छेले आफ्नै आँखाले हेर्या छन् ।
निगमले नि तोकेको भन्दा कम ग्याँस पठा छैन तर पनि जति ल्याए पनि सुर्खेताँ ग्याँस पुग्या छैन किन हो ?यसमा सरोकारवाला निकायले अनुसन्धान गर्नु पर्ने जस्तो भो किन भने सुर्खेतमा कति घर, कति होटेल, कति चुल्हा ती सबैको बिवरण लिएर पुग्दो मात्रामा ग्याँस नदिने हो भने त हामी जस्ता सोझासाझा र रातिराति सिलिन्डर लिएर दौडिन र लाईनमा बस्न नसक्ने मान्छेले त कैल्यै पनि ग्याँस पाउन नसक्ने स्थिति पो देखियो त !
सरकारी दलका नेताहरु नि ग्याँसै लग्न नसक्ने व्यक्तिहरुलाई ग्याँस सहजरुपमा उपलब्ध गराई दिने ब्यवस्थातिर भन्दा नि मोबाइलमा बसेर पुरानादलकालाई गाली गर्न ठिक्कै छ ।
पुराना दलले त भदौ २४ गत्याट सरकार छोड्या हुन औंलै भाँचेर गने नि उनरले राजकाज छोड्या एघार मैनै पुगिसक्यो । उनरु सत्ताच्युत भएछि अरुले नै सत्ता समालेको नि यो दोश्रो सरकार हो तर पनि रास्वपाका साथीहरु ग्याँस अभाब गराको पुराना दलले हो भनेर गालिगलौज गर्दै जनतालाई ग्याँस दिने जिम्मेवारी तिनै पुराना दलको हो भनेर ठोकुवा गर्दैछन् ।
ग्याँसको वितरण सहज बनाउन पहल गर्नुको सट्टा पुरानै दलका नेतालाई सत्तोसराप गरेर बस्दा हामी जस्ता असहाय मान्छेहरुले ग्याँस पाउने र चुल्हो जलाउने उपाए देखेका छैनौँ । साँच्चै सरकारलाई सघाउने र जनतालाई सेवा दिने कर्तव्य ठान्ने हो भने त रास्वपाले ग्याँस वितरण सहज बनाए हुने हो ।
किनभने जनता भनेका त देशमा जसले जतिबेलासम्म शासन गर्छ त्यतिबेलासम्म त उसैका त हुन त ! नेताका रिसले जनतालाई अप्ठ्यारो पार्नु र यी जनता पुराना दलका हुन तिनलाई सुविधा किन दिने ? भनेर वकालत गरिनु राम्रो कुरो हैन ।
खासै भन्ने हो भने त ऐलेको रास्वपाको सरकार भनेको त तिनै एमाले काँग्रेस र माओवादीकै कार्यकर्ता र समर्थकले बनाको त हो । रास्वपाहरले चुनाब प्रचार र भोट माग्दै तपाईंहरुले पाटी वरिवर्तन गर्नै पर्दैन, जुन पाटीमा हुनुहुन्छ त्यै पाटीमा रहेर भोटहाल्नोस “चुपचाप घण्टी छाप” भन्ने त नेताहरुको नारै थियो त !
अनि ऐले आएर पुराना दल, पुराना दलका नेता, तिनैले सरकार ढाल्न र सरकारको बदनाम गराउन ग्याँसको कालो बजारी गर्या छन् भनेर सामाजिक सन्जालाँ लेख्दैमा आँफु चोखो होइन्न है नेताजीहर !
तपाईंहरु त पुरानाले भन्दा राम्रो गर्छम् भनेर चुनाब लडनु भो, जनताले दुई तिहाइ दिए, सरकार बनाउनु भाछ अब जनतालाई कसरी खुसी , सुखी र समृध्द बनाउन सकिन्छ भनेर सेवा दिने हैन र ? गाली गरेर मात्रै ग्याँस अभाबले समाधान पाउला र ? एकपटक गहिरिएर सोच्ने हो कि ?





प्रतिक्रिया राख्नुहोस्