जल/वातावरण

आइतबार काठमाडौंमा ९३ जनासहित देशभर ३ सय ८० संक्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलदै गएको छ । आइतबार काठमाडौं उपत्यकामा ९३ जनालाई संक्रमण पुष्टि भएकोमा काठमाडौंमा ९१ र ललितपुरका २ जना रहेका छन् ।

योसंगै देशभर पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ३७ वटा प्रयोगशालामा ८५१५ जनाको पिसिआर परिक्षण गरिएकोमा ३८० जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले ३८० जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमित संख्या २२ हजार ९ सय ७२ पुगेको बताउनुभयो ।

हालसम्म नेपालमा ४ लाख ४३ हजार ८०४ जनाको पिसिआर परीक्षण भएको छ । आइतबार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ रहेको छ । त्यस्तै २४ घण्टामा ४० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ३५३ पुगेको छ । क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् ।

त्यसै गरी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । पछिल्लो समय थप २ जना संक्रमितको मृत्युभएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.