जन सरोकार

चरेश तस्करीका लागि भारतदेखि जाजरकोटसम्म

लागूपदार्थ ओसार पसारमा तराईका जिल्लाहरु बढी प्रयोग हुने भए पनि भारतीय नागरिकहरु तस्करीका लागि पहाडी जिल्लामा समेत पुग्ने गरेको पाइएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो चरेशसहित एक नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेपछि तस्करीको जालो फैलिएको फेला परेको हो ।

भे १ ज ९०७ नम्बरको बोलेरो जीपमा चरेश ल्याइएको जानकारीका आधारमा प्रहरीले खानतलासी गर्दा ३१ वर्षीय भारतीय नागरिक मुस्ताविन अहमद र अर्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने उबेद खानलाई आज भेरी नगरपालिका–४ बाट प्रक्राउ गरिएको हो ।

भारतीय नागरिक अहमदलाई झोलामा लुकाइ राखेको एक किलो चरेश र उनको साथबाट रु ४५ हजार ५०० भारतीय रुपैयाँ र स्क्रिन टच मोबाइल एक थान, आधार कार्ड तथा नेपाली नागरिक उबेद खानको साथबाट नेपाली रुपैयाँ पाँच हजार भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.