पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेभन्दा संक्रमितको संख्या दोब्बर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ७ सय ८४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ९ र ६ हजार १ सय ४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १ सय १५ जना पुगेको छ ।
त्यस्तै सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४ सय ८६ पुगेको छ भने ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६२४, चितवनमा २६३, कास्कीमा २१०, भक्तपुरमा १७०, ललितपुर १६५, मोरङमा १३१, बागलुङमा १२८ र सुनसरीमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नुवाकोटमा ९२, मकवानपुरमा ८६, नवलपरासी पूर्वमा ५८, झापामा ५४, धादिङ र रुपन्देहीमा ४४/४४ जना, दोलखामा ३४, पर्वतमा ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
पाल्पामा २३, धनकुटामा २१, कपिलवस्तुमा १८, तनहुँमा १६, सिन्धुपाल्चोकमा १५, सिरहा र बर्दियामा १४/१४ जना, सिन्धुलीमा १३, धनुषा, गोरखा र अर्घाखाँचीमा १२/१२ जना तथा महोत्तरीमा ११ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ जना रहेका छन् ।
जसमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७४१ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
प्रतिक्रिया राख्नुहोस्