एन आर एन न्युज

एनआरएनए ग्लोवल वक्तृत्वकला उपाधी म्यानमारकी अभिलाषालाई

एनआरएनए ग्लोबल वक्तृत्वकला उपाधी म्यानमारकी अभिलाषा खतिवडाले हात पारेकी छन । १९ वर्षमुनीका नेपाल बाहेक विदेशमा स्थायी बसोबास गर्ने बालबालिकाबीच भएको प्रतियोगितामा अभिलाषा खतिवडा विजेता भएकी हुन् ।

विजेता सँगै खतिवडाले एक लाख नगद सहित प्रमाणपत्र प्राप्त गरिन । यस्तै प्रतियोगितामा रसियाका समरिया केसी दोस्रो बन्न सफल भइन । समरियाले साठी हजार नगदसहित प्रमाणपत्र प्राप्त गरिन । यूकेबाट प्रतिनिधित्व गरेकी टिया आचार्यले तेश्रो हुँदै चालिस हजार नगदसहित प्रमाण पत्र हात पारिन ।

त्यस्तै, नाइजेरियाका सुहिम थापा र साउदी अरवबाट प्रतिनिधित्व गरेका जस्मिन सायदले चौथो र थाइल्याण्डका दंग तिमिल्सीनाले पाँचौ भए ।

प्रतियोगितामा अस्ट्रियाबाट प्रतिनिधित्व गरेका कुञ्जन बोहरालाई ‘राइजिङ स्टार’ र १३ वर्षभन्दा मुनीका ‘लिटल मास्टर’ को टाइटल अस्ट्रियाकै दिब्या ढकालले प्राप्त गरे ।

एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा २९ देशका ६० जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डबाट सहभागिता रहेको थियो ।

त्यसै एनआरएनएका एसिया प्यासिफिकका उपसंयोजक पारशमणी पोखरेलका अनुसार कार्यक्रम पूर्ण रुपले सफल भएको र विश्वनै कोरोना महामारीको कारण लकडाउनमा रहेको अवस्थामा यस्ता प्रकारका कार्यक्रम उपयोगी हुने उनको धारणा छ।

कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, वर्तमान अध्यक्ष कुमार पन्त, एनआरएनए आइसिसी उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, युवा संयोजक हिमाल गुरुङ, एसिया प्याशिफिक संयोजक रोविन्द श्रेष्ठ ९गोविन्द०, उपसंयोजक खगेन्द्र न्यौपाने, एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजक कञ्चन थापा ९अमृता ० लगाएतबाट मन्तब्य व्यक्त गरिएको थियो। कार्यक्रम एनआरएनए केन्द्रीय कार्यालय बालुवाटार र जापानको टोकियो जुम मार्फत सञ्चालन गरिएको थियो।

हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहेका थिए। कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा सहभागीता थियो। कार्यक्रम एनआरएनए एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा भएको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.