जल/वातावरण

मंगलबार थपिए ६ सय ३८ जना कोरोना संक्रमित, कुल संख्या २३ हजार ९ सय ४८, ८३ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ भने ८३ जनाको मृत्यु भएको छ । मंगलबार मात्रैदेशका विभिन्न ठाउँमा ६ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६ सय ३८ जना संक्रमित थपिएका हुन् । यसबीचतमा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । यी सहित हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन् ।

विगत २४ घण्टामा १० हजार ४ सय ६२ को पिसिआर परीक्षण भएको छ । हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार मंगलबार कोरोनाका संक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ छन् ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.