जन सरोकार

प्राधिकरणमा कुलमानको दोस्रो इनिङ, अरु चुनौतीपूर्ण

नेपाली जनताले कल्पना नै गर्न नसकेको काम गरेर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरी १० महिना अघि अवकाश पाउनुभएका कुलमान घिसिङ आज सोही पदमा पुनः नियुक्त हुनुभएको छ ।

नेपाललाई लोडसेडिङ मुक्त गर्न र झण्डै ३० अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँ नाफामा लैजान सफल घिसिङको पुनःनियुक्तिको माग जनस्तरबाट व्यापक भए पनि तत्कालीन सरकारले पुन नियुक्ति नगरेको भए पनि सरकार परिवर्तनसंगै उहाँलाई सोही पदमा जिम्मेवारी दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उहाँले बुधबार नै पदभार ग्रहण गर्नुभएको छ ।

बुधबार पदवहाल गेपछि प्राधिकरणमा दोस्रो इनिङ स्वीकार गरेर ठूलो चुनौती स्वीकार गरेको र यो आफ्नो जीवनकै सबभन्दा ठूलो चुनौती भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने मत नभए पनि विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको उबताउँदै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

प्राधिकरणका कुनै काम गलत बाटोमा गएको भए सच्याउने भन्दै कार्यकारी निर्देशक घिसिङले कसैको विरोध गर्ने भन्दा पनि विद्युत प्राधिकरणलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिने स्पष्ट पार्नुभयो

घिसिङको यसअघिको कार्यकालमा सुरु गरेका धेरै आयोजना प्राधिकरणको वर्तमान नेतृत्वले अघि बढाउन नसकेको र प्राधिकरण फेरि पहिलेकै अवस्थामा फर्किने जोखिम हुने ठहर गर्दै घिसिङलाई फेरि मौका दिने सहमति भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन ।

गत साउन १९ गते नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले शाक्यलाई सरकारले उचित जिम्मेवारी दिने गरी निर्णय गर्ने भन्दै प्राधिकरणबाट भने विदा हुन आग्रह गर्नुभएको थियो । सोहीअनुसार घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद ९सचिव० सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.