प्रदेशलुम्बिनी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नै कार्यभार, अविश्वासको प्रस्ताव अगाडि बढेन

आफूबिरुद्धको अविश्वास प्रस्तावमाथि छलफल सुरु हुनुअघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँले दिनुभएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको छ ।

प्रमुख शेरचनले मौजुदा मन्त्रिपरिषद्लाई अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नै कार्यभार बहन गर्न समेत तोक्नुभएको छ । १९ वैशाखमा संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएका पोखरेलले बुधबार राजीनामा दिनुभएको हो ।

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु हुनै लाग्दा पोखरेलको राजीनामासँगै टेबल भइसकेको अविश्वासको प्रस्ताव अगाडि बढेन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button