जन सरोकारस्वास्थ्य

कोरोनाबाट पाँचजनाको मृत्‍यु ८ सय १५ जना संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ भने थप ८ सय १५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३८ हजार ४४५ पुगेको छ ।

जसमध्‍ये ५ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने १९२ जना संस्थागत आइसोलेसन र ६० जना आईसीयूमा छन् । यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६ जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.