राजनीति

“प्रश्नहरु छन् तर दबाब र प्रभावमा परेर फैसला गरेको छैन” : प्रधान न्यायाधीश जबरा

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायलयमा बसेर न्याय सम्पादन गर्दा आफूले कुनै पनि दबाब र प्रभावमा परेर फैसला नगरेकोे बताउनुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

नेपाल कानून व्यवसायी परिषद्को २८औँ परिषद् दिवस तथा नेपाल बार काउन्सिल ल जर्नल लोकार्पण समारोहमा आज उहाँले इजलास गठन गर्दा वा फैसलामा बेलाबेला प्रश्न उठ्ने गरेको भए पनि आफूले दबाव र प्रभावमा आएर कुनै पनि फैसला नगरेको बताउनुभएको हो ।

“बेञ्च गठनका विषयमा प्रश्न उठ्यो, मैले वरिष्ठताका आधारमा गठन गरे”, प्रधानन्यायाधीश राणाले भन्नुभयो, “ प्रश्नहरु छन् तर दबाब र प्रभावमा परेर फैसला गरेको छैन ।”

अदालतबाट फैसला हुँदा कमीकमजोरी भए पनि त्यसको मूल्याङ्कन इतिहासले गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “न्यायपालिकाका सबै फैसला ऐतिहासिक हुन्छन्, न्यायाधीश भनेको आत्मा हो, शरीर हुँदैन, गाली पनि लाग्दैन, प्रशंसा पनि लाग्दैन ।”

प्रधान न्यायाधीश राणाले कानून र संविधानबमोजिम न्यायपालिकाले फैसला गर्ने गरेको र सबै नागरिकको हितका लागि काम गरेको बताउनुभयो । उहाँले न्यायपालिकाभित्र हुने गल्ती सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून केबल भाषा र किताबमा मात्र नभएर व्यवहारमा उर्तानुपर्नेमा जोड दिनुभयो । उहाँले कानूनी शासनमा नेपाल राम्रो छ भनेर विश्वमा चिनाउने तरिकाले काम गर्नुपर्ने बताउनुभयो ।

परिषद्ले प्रत्येक वर्ष स्थापना दिवस मनाउने गरेको छ । सो अवसरमा परिषद्ले बार काउन्सिलको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मानसमेत गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.