प्रदेशलुम्बिनी

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । मुख्यमन्त्री केसीको शपथलगत्तै सानो आकारको मन्त्रिपरिषद गठन हुनेछ । जसमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री रहनेछन् ।

४२ जना प्रदेशसभा सदस्यको समथनसहित पेश भएको दावी अनुसार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

रोल्पाको निर्वाचन क्षेत्र १ को (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित केसी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।

एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । उक्त समयमा उनको मात्रै दाबी परेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.