जापान

नेपालीहरुबाट स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघनको उजुरी

सबै नेपालीलाई सचेत रहन टोकियोस्थित नेपाली दूताबासको आव्हान

जापानमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीब्ररुपमा फैलिएको भए पनि नेपालीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्दै टोकियोस्थित नेपाली दूताबासले सचेत रहन आव्हान गरेको छ ।

दूताबासले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमणबाट बच्न भीडभाडबाट टाढा रहने, मास्क लगाउने, दूरी कायम गने जस्ता सुरक्षा शतर्कता अपनाउनुपर्ने भए पनि केही नेपालीहरुले रेष्टरैन्टमा नाचगान र भीडभाड गरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएको हो ।

दूताबासले टोकियो र नागोया लगायतका स्थानहरुमा नेपालीहरुबाट संचालित केही रेष्टुरेन्टहरुमा नेपाली नागरिकहरु जमघट हुँदा मास्क नलगाउने, पेय पदार्थ सेवन गर्ने र नाचगान गर्ने जस्ता कार्य भएको जापान सरकारबाट जानकारीमा आएको जनाएको छ ।

दूताबासको जिज्ञप्तिमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी कोरोना संक्रमणको जोखिम बढ्ने कार्य भैरहेको र यस्ता कार्य रोक्न जापानी परराष्ट्र मन्त्रालयबाट अनुरोध भएको जनाउँदै यस विषयमा सचेत हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.