राजनीति

मेन्टल्ली, फिजिकल्ली को फिट हुनुहुन्न ?

बिहिबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मातृकाप्रसाद यादवले व्यक्ति विशेष तोकेर ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भनेकोमा आपत्ति जनाइएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गर्नुभएका ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा एक सांसदले अर्का सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।

बिहिबार यादवले बोल्ने बित्तिकै प्रमुख सचेतक भट्टराईले बिहिबारको बैठकमा पनि नियमापत्ति गर्दै उक्त शब्दावली संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएकामा सभामुख सापकोटाले ध्यानाकर्षण भएको जनाउनुभएको थियो ।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले आसन ग्रहण नगरी उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले प्रमुख सचेतक भट्टराईलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराउनुभएको थियो ।

उहाँको भनाइपछि सभामुख सापकोटाले भन्नुभयो, “नेकपा (माओवादी केन्द्र)का सांसद मातृकाप्रसाद यादवले बिहीबार बोल्ने क्रममा प्रयोग गर्नुभएको ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिभिसभा नियमावलीको नियम २१ को खण्ड (ङ)को प्रतिकूल हुने भएकाले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button