जापानमा शक्तिशाली आँधी आउँदै, सतर्क रहन आग्रह
शक्तिशाली भूकम्प गएको केही दिनपछि जापानमा शक्तिशालली समुद्री आँधी आउँदै गरेको जापानी मौसमी विज्ञान एजेन्सीले जनाएको छ ।
एम्पिल नामक सो आँधी आगामी बिहीबारसम्म राजधानी टोकियो सहित इजु टापुहर, पूर्वी र उत्तरी जापानसम्म पुग्नसक्ने अनुमान एजेन्सीले गरेको छ ।
जापानको दक्षिणी महासागरमा यस आँधी अगस्ट १३ अर्थात् आज मंगलबार बिहान उत्पन्न भएको बताइएको छ । यस आँधी अगस्ट १४ को साँझ टोकियो सहित विभिन्न प्रान्तमा पुग्नेछ ।
सो आँधी अहिले जापानको दक्षिणी समुन्द्रमा उत्तरतर्फ सर्दैछ र बुधबार ओगासावारा टापुहरूमा पुग्ने र अगस्ट १५ देखि इजु टापू देखि पूर्वी जापनमा पुग्नेछ ।
यस आँधीले भिषण हावाहुरी र भारी वर्षा गराउने मौसम एजेन्सीले जनाएको छ । एजेन्सीले एम्पिलको केन्द्रीय वायुमण्डलीय चाप ९९६ हेक्टोपास्कल रहेको बताएको छ।
यसको केन्द्र नजिक ७२ किलोमिटर प्रति घण्टाको अधिकतम दिगो हावा र १०८ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।
यस आँधी पूर्वी जापानसम्म पुग्ने पूर्वानुमान गरिएको छ भने उत्तरतिर जाँदा अझ बढी शक्तिशाली हुने अनुमान छ । यसको मार्ग बुधवार दिउँसो वा राति कुनै समय ओगासावारा टापुहरूमा यसको निकटतम बिन्दुमा पुग्ने सम्भावना छ ।
ती टापुहरूमा मंगलबार रातीदेखि बिहीबारसम्म भारी मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । त्यस्तै बुधबार बिहानसम्मको २४ घण्टामा अधिकतम ८० मिलिमिटर र आगामी २४ घण्टामा १२० मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ ।
बिहीबार समुन्द्रमा मौसम निकै खराब रहनेछ । मौसम अधिकारीहरूले उच्च छालहरूको चेतावनी दिंदै धेरै सावधानी अपनाउन सल्लाह दिइरहेका छन् ।
तिनीहरूले आँधीको सम्भावित मार्गमा रहेका मानिसहरूलाई नवीनतम जानकारीमा अद्यावधिक रहन पनि आह्वान गरिरहेका छन् ।
यस आँधीले १६ अगस्टको मध्यान्हपछि कान्तो कोशिन टोकियो आसपासको क्षेत्रमा असर गर्नेछ भने शिजुओका,यामानासी, साइतामा, कनानागावा, चिबा, टोकियो, आइची लगायत क्षेत्रमा १६ अगस्ट मध्यान्हदेखि १८ अगस्ट मध्यान्हसम्म असर गर्नेछ ।
आँधीले गुन्मा तोजोकी, नागानो, इबारकी, निगाता, यामगाता, फुकुशिमा, मियाजाकी, इवाते लगायतका क्षेत्रमा पनि यस आँधीले असर गर्न सक्ने मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्