अस्पताल जाने अनि पैसा तिरेर कोरोना किनेर आउने ?
महेन्द्र चालिसे
गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा एकजना युवतिलाई कोरोना संक्रमण पोजेटिभ देखियो भनेर २०७७ श्रावण २९ गते बिहानदेखि आरुबारी चोक स्थित अरुणोदय मावि हुँदै सिमलटार र कपन जाने बाटो बन्द गरिएको छ।
घरबाट कही कतै न ननिक्लने ती संक्रमित युवतिको केही दिन अघि घरमै चिप्लिएर खुट्टामा केही समस्या भयो । परिवारले तुरुन्तै अस्पताल पुर्याए। त्यहाँ सामान्य एक्स रे गरियो तर खास समस्या पहिचान हुन सकेन र हाडजोर्नी बिषेशज्ञले एमआरआई गर्ने सल्लाह दिएर सो सुबिधा भएको अस्पतालमा सिफारिश गरिदिए ।
परिवार आफ्नी छोरी लिएर एमआरआई गराउन लग्छन् र त्यस्को रिपोर्ट लिएर पहिले जचाएकै हाडजोर्नी डाक्टर कहाँ पुग्छन् । डाक्टरले रिपोर्ट हेरेर अप्रेशन गर्नुपर्ने निर्क्यौल गर्छन् र अप्रेशन गर्नु अघि कोरोना टेष्ट गर्ने सिफ़ारिश गरियो दिन्छन् ।
परिवार पुनः छोरी लिएर कोरोना जाँचको लागि जान्छन् र कोरेना जाँचको नतिजा पोजेटिभ आउँछ ।
अब यहाँ छेउ प्रश्न उब्जिनु स्वभाबिक हैन ? ती युवति जो महिनौ भैसक्यो घरबाट बाहिर गएकी छैनन् बाहिर गइन् त मात्र अस्पताल गइन । उनी कसरी कोरोना संक्रमित हुन पुगिन ? के उनी संक्रमित हुनुको श्रोत अस्पताल हैन ? उनले अस्पताललाई बुझाएको हजारौ रुपैयाँ के कोरोना खरिदका लागि थियो ?
के सरकार, स्वास्थ्य मन्त्रालय या सम्बन्धित निकायले यसबारेमा छानबिन गर्नु आबश्यक हुँदैन ? किनकि भोलिका दिन मा ती बहिनी जस्ता हजारौ नागरिक अस्पतालमा संक्रमित हुन पुग्ने कुरामा कुनै शंका छ र ?
प्रतिक्रिया राख्नुहोस्