जन सरोकारस्वास्थ्य

एउटा जुका- अनेक रोगको उपचारमा सहयोगी

जुकाको र्यालमा हुने १०० भन्दा बढी तत्वले रगतलाई शुद्ध र पातलो बनाउने काम गर्छ

वर्षायाममा घाँस, झाडीमा पाइने परजिवी जुका मानिसको उपचारमा निकै प्रभावकारी हुने तथ्य पत्ता लागेसंगै पश्चिमी मुलुकहरमा जुका (लिच) थेरापीको माध्यमबाट रोगका उपचार गरिन्छ । नेपालमा पनि यस्तो विधि लामो समयदेखि चलिआएको भए पनि यसलाई प्रभावकारी रहेको ठान्नेहरुको संख्या कम छ ।

आजभोलि शरीरमा जुका लागेमा बाघले नै आक्रमण गरे जसरी तर्सने, उफ्रने मान्छेहरु नभएका हैनन, तर जुकाले रगत चुस्दा शरीरलाई निकै प्रभावकारी असर गर्न भन्ने चाहिं बुझ्दैनन् ।

सम्भवतः हजुबा, हजुरआमाहरुको संगतमा ग्रामीण क्षेत्रमा जीवन बिताएकाहरुले पक्कै पनि देखेको हुनुपर्छ कि घाउँ पाकेको छ भने त्यहाँ जुकालाई चुस्न लगाएको । बुढाकापालाई थाहा थियो जुकाले फोहर रगत चुसेर खाएपछि मानिसको स्वास्थ्य राम्रो हुन्छ । तसर्थ उनीहरु पाकेको घाउमा जुका लगाउँथे ।

आजभोलि यस्ता कुरामा विश्वास गर्नेको कमी छ र अर्थात् आधुनिकतामा विश्वास गर्नेहरुले जुकालाई चुसाएर उपचार गर्न आनाकानी गरे पनि आयुर्वेदमा विश्वास गर्नेहरु यसप्रति प्रतिबद्ध छन् । तनहुँस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले लिच थेपारी गर्दैआएको छ ।

अहिले भने त्यहाँ यो विधिबाट उपचार गर्न समस्या भएको छ । उक्त विधि अपनाएर केही बिरामीको उपचार गरेपछि राम्रो प्रभाव देखिए पनि जुका मर्दै गएकाले प्रभावित भएको हो ।

गत वर्ष तनहुँमा सरुवा भएर आएको केही समयपछि भारतको मद्रासबाट पाँचवटा जुका तीन हजारका दरले किनेर उक्त विधिबाट उपचार थालिएको थियो । दमौलीको पानीमा अत्यधिक मात्रामा चुन मिसिएका कारण जुका मर्ने गरेकाले टिकाउन नसकिएको डा मण्डलले बताउनुभयो ।

लिच थेरापी विधि नेपालको तुलनामा विदेशी मुलुकमा अझ बढी मात्रामा प्रयोगमा रहेको बताइएको छ । उक्त पद्धतिबाट निको भएका रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी देखिएको हो । एउटा जुकालाई बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि दश मिलिलिटर अशुद्ध रगत सेवन गराइन्छ ।

उहाँले भन्नुभयो, “एकजना बिरामीको बढीमा सात पटकसम्म रगत चुस्न लगाइन्छ ।”लिच थेरापीका माध्यमबाट तालु खुइलिने, मधुमेहका घाउ, हाइपरटेन्सन थ्रम्बोसिसलगायतका रोगको उपचार गर्न सकिन्छ ।

जुकाको र्यालमा १०० भन्दा बढी यस्ता तत्व हुन्छन् जसले रगतलाई शुद्ध र पातलो बनाउने काम गर्छ । जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुनसमेत सहयोग पुर्याउँछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.