जन सरोकार

तेस्रो लहरको जोखिम बढेसंगै अस्पताल पुनः सूचीकरण गर्न निर्देशन

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि यसअघि कोभिड उपचारका लागि अस्पतालहरुको पुनः सूचीकरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

कोभिड–१९ को दोस्रो लहरमा एक्कासी बढेको सङ्क्रमितको सङ्ख्याले तेस्रो लहरको सम्भावनालाई नकार्न नसकिने परिस्थितिको आँकलन गर्दै पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइ तथा स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले सूचीकरणसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूमा प्रत्यायोजन गर्नाका साथै केन्द्र तथा अन्य निकायसँग समन्वय र सहकार्य गर्न निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.