राजनीति

प्रचण्डको प्रस्ताव- भदौभित्र सदस्यता नवीकरण, पुसमा राष्ट्रिय सम्मेलन

नेकपा एमालेसंगको एकता सर्वोच्च अदालतको आदेशले भंग भएपछि एमाले विभाजनको संघारमा पुगेर संस्थापन पक्ष महाधिवेशनको तयारीमा लागेको छ भने अर्को दल नेकपा माओवादी केन्द्रले पनि आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेको छ ।

माओवादीको पार्टी केन्द्रीय समितिको शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने गर्ने प्रचण्डको प्रस्ताव गर्नुभएको छ ।

त्यसै गरी बैठकमा अध्यक्ष प्रचण्डले विधान संशोधनको प्रस्ताव पनि पेश गर्नुभएको छ । दुबै प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा भोलि (आइतबार) विहानसम्म छलफल हुने र निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.