जन सरोकार

झारफुक भन्दै भाउजु बलात्कार गर्ने पक्राउ

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

झारफुकको बहानामा नातामा भाउजु पर्ने महिलालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । समाचार अनुसार सल्यानको शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्चका ३८ वर्षीय पुरुषलाई पीडित महिलाको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

ती पुरूषले झारफुकको बाहानामा आफ्नै भाउजु नाता पर्ने एक महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार ती महिलामाथि २० गते राति करिब साढे ११ बजेतिर देवर नाता पर्ने ती व्यक्तिले झारफुकको बाहनामा बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

आरोपितलाई साउन २९ गते पक्राउ गरिएको र साउन ३० गते सल्यान जिल्ला अदालतवाट म्याद थप भइ अनुसन्धान सुरु गरिएको डिएसपी खतिवडाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button