जापान

एभरेष्ट ईन्टरनेशनल स्कुलबाट २४ नेपाली विद्यार्थी एसइई उत्तीर्ण

जापानमा नेपाली पाठ्यक्रम अध्ययन अध्यापन हुने एकमात्र विद्यालय एभरेष्ट इन्टरनेशनल स्कुल, जापानबाट पहिलोपटक एसइई परीक्षामा सामेल भएर उत्तीर्ण भएका २४ विद्यार्थीहरुलाई दिक्षित गरिएको छ । पहिलो व्याचमा २४ जना मध्ये ५ जना विद्यार्थीहरूले एसईईमा जीपीए ४ र अधिकांश विद्यार्थीहरुले जीपीए ३.५ भन्दा माथि ल्याएका छन् ।

सो विद्यालयका एसइईमा सामेल पहिलो व्याचका विद्यार्थीहरूलाई शनिबार एक समारोहका बीच विद्यालयका अध्यक्ष तथा गैरआवासीय नोपाली संघ एनआरएनए निवर्तमान अध्यक्ष भवन भट्टको अध्यक्षता दिक्षित गरिएको हो ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको विशेष उपस्थिति रहेको कार्यक्रममा दूतावासका उपनियोग प्रमुख अम्बिका प्रसाद जोशी, विद्यालयका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संस्थापक प्रधानाध्यापक प्रदीप थापा, प्रधानाध्यापक विष्णुप्रसाद भट्ट, राष्ट्रिय परीक्षा बोर्ड नेपालका सदस्य सचिव दुर्गा प्रसाद आर्याल, लिटिल एन्जल्स विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शर्मा, सहित डा. जयराज अवस्थी, डा. अंगराज तिमिल्सिना, एभरेष्ट विद्यालयका संस्थापक सदस्य डा. बलराम श्रेष्ठ लगायतले एसईई उत्तिर्ण विध्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा भारतबाट प्रसिद्ध कलाकारद्वय ज्योति उप्रेती तथा निर्जा उप्रेतीले नेपाली तथा संस्कृत गीत प्रस्तुत गर्नु भएको थियो ।

समारोहमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य दुर्गाप्रसाद आर्यालले विद्यार्थी लगायत सम्पूर्ण विद्यालय परिवारलाई प्रशंसासहित धन्यवाद व्यक्त गर्नु भयो। अनलाइन तथा भौतिक रूपमा सहभागी सम्पूर्ण वक्ताहरुले सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना सहित बधाई व्यक्त गर्नु भयो।

यस्तै विद्यालयका उपाध्यक्ष ई. मेघराज नेपाल, नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख अम्बिकाप्रसाद जोशी, विद्यालयका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठ तथा संस्थापक प्रिन्सिपल प्रदीप थापा लगायतले प्रमाण पत्र प्रदान गर्नुभयो ।

विद्यालयका अध्यक्ष भवन भट्टले यसै वर्ष जापानको मुटु सिनओकुबोमा आफनो शाखा विस्तार गरेको यस विद्यालयले हरेक २ वर्षमा आफनो शाखा विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिनुभयो ।

उहाँले यसै वर्षदेखि विद्यालयले कक्षा ११ मा विज्ञान र व्यवस्थापनका कक्षा सञ्चालन गर्न गइरहेको जानकारी गराउँदै भौतिक पूर्वाधारमा विज्ञान तथा कम्प्युटर प्रयोगशालाको राम्रो व्यवस्था गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.