जल/वातावरण

काठमाडौंमा १ सय ७२ सहित देशभर थपिए ६ सय ४१ संक्रमित

आइतबार काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् । यसै गरी विगत २४ घण्टामा थप दुईजना मृतकमा कोरोना पुष्टि भएपछि १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ ।

आइतबार सार्वजनिक पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार हालसम्म ६ सय ४१ कोरोनाका संक्रमित थपिएको तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएसंगै हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । आइतबार निको हुने सहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ ।

विगत २४ घण्टामा १२ हजार २ सय बढीको पिसिआर परीक्षण भएको छ । हालसम्म ५ लाख १७ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

४० प्रतिशत संक्रमण अस्पतालबाट

सम्बन्धित खबर

Back to top button