खेल

नेपाल ओलम्पिक कमिटीका दुई सेक्युरिटी गार्डमा कोरोना संक्रमण

नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्क्वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको कोरोना परीक्षण गरिएकोमा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको हो ।

कमिटीले आठ जनाको पिसिआर परीक्षण गरेको थियो । कोरोना देखिएपछि कमिटीको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

कर्मचारीमा कोरोना देखिएपछि कमिटीका सबै पदाधिकारीको समेत कोरोना परीक्षण गर्न लागिएको बताइएको छ । परीक्षण गरिएका दुई जनाको रिपोर्ट आउन बाँकी छ । यस्तै दुई कर्मचारीको पुनः परीक्षण गर्नुपर्ने देखिएको कमिटीले जनाएको छ । उनीहरु दुवै कमिटीको कार्यालयमा कार्यरत चौकीदार हुन् ।

सातदोबाटोको अन्तरराष्ट्रिय खेलकूद परिसरमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि आफ्नो कार्यालय बन्द गरेको छ । एक फुटबल खेलाडीमा कोरोना पुष्टि भएपछि एन्फाले कार्यालय बन्द गरेको प्रवक्ता किरण राईले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.