विश्व समाचार

तालिबानले ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान” घोषणा गर्ने

अमेरिकी सैनिकले अफगानिस्तान छाडेको डेढ महिनामा त्यहाँको सत्ता विद्रोही तालिबानको हातमा पुगेको छ । आज उनीहरुले इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

२० वर्षदेखि अमेरिकी सैनिकको नियन्त्रणमा रहेको अफगानिस्तानमा तालिबानले एक साताकोबीचमा सबै प्रान्तहुँदै केन्द्रीय राजधानी काबुल समेत नियन्त्रणमा लिएको हो ।

तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडे भने उपराष्ट्रपतिले पनि देश छाडेको हल्ला चले पनि उहाँले आफूले काबुलमात्र छाडेको र अफगानिस्तानमै रहेको बताउनुभएको छ ।

आइतबार तालिबान काबुल प्रवेश गरी राष्ट्रपति कार्यालय नै नियन्त्रणमा लिएपछि विजय हासिल गरेको र युद्ध सकिएको घोषणा गरेको छ । तालिबानका एक प्रवक्ताले अलजजिरासँग अफगानिस्तानमा युद्ध सकिएको र आफ्नो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता प्राप्त गरेको बताएका छन् ।

अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.