राजनीति

संसद पुनःस्थापना औचित्यहीन सावित, सरकारले गर्यो अधिवेशन अन्त्यको सिफारिश

निवर्तमान सरकारले संसद विघटन गरी निर्वाचनको घोषणा गरेपछि पुनःस्थापनाको माग गर्दै आन्दोलन गरेका दलहरुको गठबन्धन सरकारले संसदलाई काम दिन सकेन । संसदमा शून्य समय मात्रै चलिरहेका बेला संसद अधिवेशन अन्त्यको सिफारिश गरिएको छ ।

संसद विघटन गरी निर्वाचनमा जाने निर्णय प्रतिगमन भएको भन्दै सर्वोच्चमा हालिएकोमुद्दा, सर्वोच्चको परमादेशपछि पुनःस्थापित भएको संसदको औचित्य सरकारले सावित गर्न सकेन ।

कामविहीन बनेको प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइएको छ ।

सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको संसदको पहिलो बैठक ३ साउनमा बसेको थियो । त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पनि लिएका थिए । त्यसपछि पनि प्रतिनिधिसभाको बैठक नियमित रुपमा हुँदै आए पनि विधेयक अगाडि बढेको छैन ।

विघटन बदर भएपछि पहिलो पटक साउन ३ गते बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले बजेटलगायतका अध्यादेश पेश गरेको थियो । तर ती अध्यादेशमाथि पनि छलफल भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button