राजनीति

राष्ट्रपतिलाई गलत सावित गर्न नागरिकता विधेयकमा ‘कमा’ वा ‘रेफ’ पनि नबदल्ने निर्णय

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक संसदबाट हुबहु पास गरेर प्रमाणिकरणका लागि पठाउने सत्ता गठबन्धनले निर्णय गरेको छ ।

सत्ता गठबन्धनले फिर्ता भएको विधेयकमा कमा वा रेफ मात्रै फेर्दा पनि राष्ट्रपतिले चालेको कदम सही ठहरिने भएकाले राष्ट्रपतिलाई नै गलत ठहर्याउन हुबहु पास गरेर पठाउने निर्णय गरेको हो ।

संघीय संसदले पास गरेको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियाृ ।

उहाँले अंगीकृत नागरिकताको विषय उठाउँदै आमाको नाममा नागरिकता लिँदा गर्नुपर्ने स्वघोषणाको व्यवस्थामा प्रश्न गर्नुभएको छ । फिर्ता भएको विधेयक मंगलबार संसदमा पेश भएको छ ।

संसदमा विधेयक पेश भए लगत्तै बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको सत्तारुढ पाँच दलको बैठकले नागरिकता विधेयक हुबहु पास गर्ने र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले अर्थ बाहेकका विधेयक पुनर्विचार गर्नुपर्ने लागेमा फिर्ता पठाउनसक्ने संवैधानिक व्यवस्था भए पनि नागरिकता विधेयकमा राष्ट्रपतिले राजनीतिक कदम चालेको विश्लेषण गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.