जापान

मरिशसको समुद्रमा अड्केको जापानी जहाज दुई टुक्रा भयो

हिन्द महासागरस्थित टापु मुलुक मरिशसमा फसेको जापानी मालवाहक जहाज दुई टुक्रा भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । सो जहाज जुलाईको अन्तिमतिर चीनबाट ब्राजील जाने क्रममा चट्टानमा अड्केको थियो ।

मरिशसका अधिकारीले बताए अनुसार वाकाशिओ नामक सो जहाज स्थानीय समय अनुार आइतबार साँझ ४ बजेर ३० मिटेमा दुई टुक्रा भएको हो । सो जहाजमा रहेको इन्धन समुद्रमा मिसिने खतरा बढेको छ ।

स्थानीय संचार माध्यमले लिएको दुई टुक्रा भएको जहाजको भिडियोमा जहाजको वरिपरीको पानी निलो हुनुको साटो दुर्गन्ध भरिएको धमिलो पानी देखिएको छ ।

मरिशस अधिकारीका अनुसार समुद्री तटरक्षकलाई जहाज दुई टुक्रा भएको क्षेत्रमा पठाइसकिएको । समुद्री विशेषज्ञको सल्लाह अनुसार जहाजलाई बाहिर निकाल्ने तयारी भैरहेको छ ।

मरिशस सरकारले शुक्रबार एक विज्ञप्ति जारी गरी जहाज कम्पनी र बीमा कम्पनीसंग क्षतिपूर्ति माग गर्नेछ । सरकारले व्यक्तिगत र संस्थागत क्षतिको सम्बन्धमा पनि कागजात संकलन गर्ने पनि बताएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.