विश्व समाचार

अमेरिकामा रहेको अफगानी सम्पत्तिमा तालिवानलाई पहुँच नदिइने

अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले एएफपीलाई सोमबार बताएका छन् । संयुक्त राज्य अमेरिकामा अफगान सञ्चितिको कति हिस्सा छ भन्नेबारे अहिले स्पष्ट पारिएको छैन ।

तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला अधिकारीले भने, “अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति तालिवानलाई उपलब्ध गराइने छैन ।”

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर पुगेको थियो । तर यस विषयमा जानकार एक व्यक्तिका अनुसार ती मध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको छ ।

दोभासेहरू चिन्तित, हजारौँ विस्थापित

बीस बर्ष पहिले तालिवानलाई अमेरिकाको नेतृत्वमा नेटो सैनिक अफगानिस्तानमा पुगेपछि उनीहरूलाई भाषासम्बन्धी सहयोग गरेका हजारौँ अफगानी नागरिक तथा अन्य सहयोगका लागि अफगानिस्तान पुगेका विदेशीहरू तालिवान समूहको निशाना बन्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । तालिबानको डरका कारण देशका विभिन्न स्थानबाट हजारौँ मानिसहरू भागेका छन् ।

अमेरिका, बेलायतलगायत यूरोपेली मुलुकहरूले आफ्ना नागरिकलाई काबुलबाट फिर्ता गर्ने तयारी गरिरहेका छन् भने कतिपय एसिया, मध्यपूर्वलगायतका सीमा क्षेत्रका नागरिकहरू पनि आफ्नो सरकारले फिर्ता गर्ने पर्खाइमा रहेका छन् ।

यसैबीच नेटो सेनाका लागि २० वर्षदेखि काम गरेका दोभासेहरूका लागि तालिबानको सत्तारोहण चिन्ताको विषय हुन पुगेको छ । तालिबानले उनीहरूलाई देशद्रोहीका रूपमा हेर्नेगरेको छ । नेटो सैनिकको अफगानिस्तानबाट फिर्तासँगै उनीहरूले तालिवानको निशाना बन्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

दोभासेहरूले आफूलाई बेलायत स्थानान्तरण गर्ने विषयमा स्पष्टता होस् भनेर अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । बेलायतले यस पहिले नै दोभासेको काम गरेका कम्तीमा एक हजार ८०० अफगान र उनीहरूका परिवारलाई बेलायत प्रवेश गर्न दिइसकेको बताएको छ ।

अफगानिस्तानमा तालिबान लडाकूहरूले देशका विभिन्न क्षेत्रमा नियन्त्रण कायम गरी राजधानी काबुलमा प्रबेश गरेपछि उनीहरूले आफ्नो नेतृत्वको सरकार गठन गर्ने तयारी थालेका छन् । तालिवानले अफगानिस्तानलाई इस्लामिक राज्य घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.