ओसाकामा उपचारका क्रममा थप एक नेपालीको निधन
वितेको एक सातामा जापानमा चारजना नेपालीको मृत्यु भएको छ । मंगलबार ३६ बर्षीय नारायण बहादुर खत्रीको उपचारको क्रममा ओसाकामा निधन भएको छ । डाँसीकोट गुल्मी निवासी खत्री कान्साईको ओसाकामा कुक पेशामा संलग्न हुनुहुन्थ्यो ।

श्रीमती सहित जापानमा रहदै आउनु भएका खत्री केही समययता बिरामी भई उपचाररत हुनुहुन्थ्यो । खत्रीका १ छोरा, १ छोरी र वृद्ध बुबा आमा नेपालमा हुनुहन्छ ।
तीन वर्ष पहिले मात्र जापान आउनुभएका खत्रीमा मुटुसँग सम्बन्धित समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारको ११ औँ दिनमा उहाँको निधन भएको हो । खत्रीको यही अगष्ट १९ तारिख जापानमै दाहसंस्कारको तयारी गरिएको बताइएको छ ।
घटनासंगै यसैसाता जापानमा चार नेपालीले ज्यान गुमाउनु परेको छ । सेन्दाई शहरमा विद्यार्थी भिसामा रहनु भएका महेन्द्रनगरका कुवेर धामीको सुतेकै अवस्थामा मृत्यु भएको थियो ।
ओशाकामै एक महिलाको असमायिक मृत्यु भएको थियो भने यसअघि टोकियोको कोईवामा रहँदै आउनु भएका एक नेपालीको कोरोनाका कारण मृत्यु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्