जल/वातावरण

कोरोना संक्रणबाट मृत्यु भएका ९८ वर्षीय वृद्धको परिवारका नौजना संक्रमित

धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ९८ वर्षीय कोरोना संक्रमित वृद्धको परिवारका ९ जना सदस्यलाई संक्रमण भएको पुष्टि भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका मृतबको पिसाब बन्द हुने समस्या भएपछि साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको थियो ।

अस्पतालमा स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ ।

काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाका अनुसार मृतकको घरमा काम गर्ने एक जनाबाहेक अरुको रिपोर्ट पोजेटिज आएको छ । संक्रमितहरु अहिले होम आइसोलेसनमै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.