राजनीति

बेल्जियम, पाकिस्तान र जर्मनीका लागि राजदूत सिफारिश


सरकारले बेल्जियम, पाकिस्तान र जर्मनीका लागि राजदूत सिफारिस गरेको छ । समाचार अनुसार मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका तीन जना सहसचिव गेहेन्द्रराज भण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राजदूतका लागि सिफारिस गरेको हो ।
राजभण्डारी प्रमुख शिष्टाचार महापाल, अधिकारी दक्षिण पूर्वी एसिया डेक्स प्रमुख र खड्का राहदानी महाशाखाका महानिर्देशक हुनुहुन्छ ।
राजभण्डारी र तापस अधिकारी दुवैजना यस अघि जापानका लागि कार्यवाहक राजदूत सहित उपनियोग प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button