जल/वातावरण

मंगलबार थपिए १ हजार १६ जना संक्रमित : हालसम्मकै सबैभन्दा बढी संख्या

नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएयता आज (मंगलबार) एकै दिनमा १ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा भेटिएको यो संख्या अहिलेसम्म एकैदिनमा भेटिएको हालम्मकै सबैभन्दा बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिनुभयो ।

थपिएका सहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ । विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन् ।

यी सहित हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ। विगत २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ ।

यी सहित हालसम्म मृतक १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। देशभर हाल १० हजार ५ सय ६३ सक्रिय संक्रमित छन् । हालसम्म ५ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

सम्बन्धित खबर

Back to top button