राजनीति

अध्यादेशको उपयोग गर्दै माधव नेपालबाट नयाँ पाटी दर्ता

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई सघाएको नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई नयाँ पार्टी खोल्न मिल्ने प्रावधान राखेर सरकारले अध्यादेश जारी गरेसंगै नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

मंगलबार सरकार गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गरी जारी गरेसंगै नेपाल समूहले नयाँ दल दर्ताको निवेदन दिएको हो ।

नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल स्वयंम हुनुहुन्छ भने वरिष्ठ नेता झलनाथ खनाल सहित९५ सद स्यीय केन्द्रीय कमिटी गठन गरिएको छ । नेता नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी नाम दिइएको दल दर्ताका एमालेका ५८ केन्द्रीय सदस्यसहित आवदेन दिइएको छ ।

एमाले समाजवादीमा नवौं महाधिवेशनदेखि नेपाल समूहमा रहेका स्थायी कमिटीका अधिकांश नेताहरु भने अटाएका छैनन् । माधव नेपालले नयाँ दल बनाए साथ दिन्छु भन्दै आउनुभएका उपाध्यक्ष बामदेव गौतम सहित भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले नेता नेपालको साथ छाडेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.