जल/वातावरण

बुधबार थपिए ६ सय ८१ जना : कुल संख्या २८ हजार ९ सय ३८

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका ६ सय ८१ जना सङ्क्रमित सहित सो संख्या पुगेको हो ।

बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५५२ पीसीआर परीक्षणमा ६ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
उहाँका अनुसार नेपालमा अहिले ११ हजार ११८ सक्रिय सङ्क्रमितहरू रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ९८७ र होममा तीनहजार १३१ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ५७१ रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार सातसय जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.