जन सरोकार
अफगानिस्तानबाट थप दुई सय ८८ जनाको उद्धार
रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धारको गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडौं ल्याइएको छ ।

उहाँहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि काबुलस्थित अमेरिकी दूताबासको सुरक्षा गार्डका रुपमा कार्यरत १ सय १८ नेपालीलाई अमेरिकी सेनाको सहायतामा काठमाडौं ल्याइएको थियो । उनीहरुलाई काबुलबाट कुवेत पठाएर त्यहाँबाट विमान चार्टर गरी काठमाडौं ल्याइएको हो ।
प्रतिक्रिया राख्नुहोस्