जापान

नेवाः जागरण मञ्च जापानको चौंथो अधिवेशन हुँदै

नेवाःजागरण मञ्च जापानको चौंथो अधिवेशन हुने भएको छ । मञ्चको हालै बसेको बैठकले विभिन्न निर्णय गर्दै चौंथो अधिवेशन आउँदो अक्टोवर महिनामा गर्ने निर्णय गरेको हो ।

बैठकले वर्तमान कार्य समितिलाई पुनर्गठन गर्दै चौंथो अधिवेशन आयोजक समितिको रुपमा रुपान्तरित गरिएको छ । निवर्तमान अध्यक्ष जनकराज शाक्यले बताए अनुसार विविध कारणवस मञ्चको अधिवेशन यथासमयमा गर्न नसकिएकोमा क्षमा याचन गरेको छ ।

बैठकले निवर्तमान उपाध्यक्ष कृष्ण बदन जोशीको संयोककत्वमा पुनर्गठित समितिले मञ्चका नियमित कार्यका साथै चौंथो राष्ट्रिय अधिवेशन आयोजनार्थ आवश्यक सम्पूर्ण तयारी पनि गर्ने निर्णय गरिएको छ ।

अधिवेशनलाई भव्य बनाउनका लागि आयोजक समितिमा निवर्तमान कार्यसमितिमा रहेका अधिकांश व्यक्तिहरु सदस्यको रुपमा रहेका छन् भने केही सदस्य पछि थप गरिने पनि जोशीले जानकारी दिनुभयो ।

समितिको सचिवको जिम्मेवारी निवर्तमान केन्द्रिय सदस्य श्याम तन्डुकारलाई दिइएको छ । साथै आयोजक समितिलाई आवश्यक सल्लाह र सहयोगको लागि एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button