जन सरोकार
राजधानी दैनिकका अध्यक्ष शेरचनको कोरोनाबाट निधन
दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएर सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचार गराइरहनुभएका राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ ।

मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्ड सदस्य रहनुभएका बुधबार साँझ निधन भएका ६७ वर्षीय शेरचनको पशुपतिस्थित आर्यघाटमा आजै ११ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
मिडिया सोसाइटीको पूर्वअध्यक्ष र वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहेका शेरचन मिडिया सोसाइटीको पूर्वअध्यक्ष शेरचनको श्रीमती, तीन छोरा र एक छोरी छन् ।
प्रतिक्रिया राख्नुहोस्