राजनीति

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

पार्टी विभाजन गर्ने गरी अध्यादेश जारी भएर नेकपा एमाले विधिवत रुपमा विभाजित भएपछि भएको सो भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा (एमाले) विभाजन भएर नयाँ दल दर्ता भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button