राजनीति

नेपालका लागि नवीन समझदारी अपरिहार्य छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुककाे समृद्धिका लागि नवीन समझदारी अपरिहार्य रहेको बताउनुभएको छ ।

अध्यक्ष लिङ्देन

राप्रपाको प्रवासी सङ्गठन प्रवासी नेपाली एकता समाज स्थापनाको पाँचौँ वार्षिकोत्सवका अवसरमा अष्ट्रेलियाको मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा उहाँले बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले गत चुनावको दृष्टान्त उल्लेख गर्दै देश बाहिरबाट समेत नेपालको राजनीतिमा महत्वपूर्ण योगदान सम्भव रहेछ भन्ने आफूलाई लागेको बताउनुभयो ।

त्यस अवसरमा नेताहरु भक्ति सिटौला, आनन्द अधिकारी र हिक्मतजङ्ग कार्कीलगायत सहभागी हुनुभएको थियो । उहाँहरुलाई भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, जनसम्पर्क समिति अष्ट्रेलिया, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष लिङ्देनले मेलबर्नपछि एडिलेड, सिड्नी र क्यानबेरामा आयोजना कार्यक्रममा सहभागी हुनुहुने जनाइएको छ ।

कार्यक्रममा गैरआवासीय नेपाल सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष शेष घलेले लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री भएका बेला भेट भएको स्मरण गर्दै नेपालमा विदेशी लगानीकर्तामैत्री वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।

प्रवासी नेपाली एकता समाजका संस्थापक अध्यक्ष अजय राजवंशीले पाँच वर्षअघि मेलबर्नमा स्थापना भएको संस्थालाई यहाँको समुदाय र समाजले देखाएको सद्भावका लागि धन्यवाद दिनुभएको थियो । अध्यक्ष लिङ्देन यही भदौ १० गते स्वदेश फर्किने तालिका छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.