जन सरोकार

एक महिनापछि पुनः सुनसान काठमाडौं (फोटो फिचर)

कोरोना भाइरस संक्रमण बढ्दै गएको भए पनि सरकारले गत साउनको पहिलो साताबाट लकडाउन हटाएर चार महिनापछि चहलपहल भएको काठमाडौं भदौ ४ गते बिहिबारदेखि अघिल्लो समयकोभन्दा बढी सुनसान देखिए ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासनहरुले महामारी रोक्न भन्दै निषेधाज्ञा जारी गरेको पहिलो दिन सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् ।

सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई पनि उनीहरुले सोधखोज गरिरहेका छन् । अनावश्यक रुपमा हिंड्नेलाई २ घण्टा होल्डमा समेत राखिएको छ ।

हेरौं निषेधाज्ञाको पहिलो दिन काठमाडौंका मुख्य सडकका दृश्यहरु








 
 

सम्बन्धित खबर

Back to top button