जापान

कोरोना संक्रमित गर्भवती महिला अस्पताल भर्ना हुन नपाउँदा शिशुको मृत्यु

कोरोना भाइरस संक्रमितको बढोत्तरीसंगै अस्पतालहरुमा शैया खाली नहुँदा जापानको राजधानी टोकियोको छिमेकी प्रान्त चिबामा एक गर्भवती महिलाले उपचार नपाउँदा उनको गर्भमा रहेको शिशुको मृत्यु भएको छ ।

समाचार अनुसार कोरोना भाइरस संक्रमित आठ महिनाकी गर्भवती महिला घरमै विश्राम गरिरहेकामा मंगलबार रक्तस्राव भएपछि आपतकालीन उपचारका लागि अस्पतालमा भर्ना हुन नपाएपछि उनको गर्भमा रहेको शिशुको मृत्यु भएको हो ।

तीन दशक उमेरकी ती महिलामा रक्तश्राव भएपछि अस्पताल जानका लागि एम्बुलेन्स बोलाइयो तर आपतकालीन उपचारका लागि कुनै पनि स्वास्थ्य केन्द्रमा उनलाई भर्ना गर्न सकिएन र केही घण्टापछि उनले घरमै बच्चालाई जन्म दिइन ।

समयपूर्व नै जन्मिएको सो शिशुलाई अस्पताल लगिए पनि तत्काल आवश्यक उपचार र सेवा उपलब्ध हुन नसक्दा शिशुको निधन हुन पुग्यो ।

स्मरणीय रहोस् कोरोना संक्रमित गर्भवती महिलाको उपचार र आवश्यक शल्यक्रियाका लागि अस्पतालहरुमा आवश्यक तयारीसहित शिशुलाई तत्काल अलग राख्नुपर्छ ।

तर अस्पतालहरुले यस्तोा व्यवस्था गर्न असमर्थ रहेका कारण आपतकालीन उपचारका लागि कारोना संक्रमित महिलाहरुलाई अस्पताल भर्ना गर्न निकै समय लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.