राजनीति

एमालेको नाम, चुनाव चिन्ह र झण्डाको हेक्का राख्न माग

आयोगले नामसंग जुधाएर दल दर्ता गर्न नपाइने सर्वोच्चको फैसलाको जानकारी

माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

माधवकुमार नेपाल समूहले ‘नेकपा एमाले समाजवादी’ दल दर्ताका लागि निवेदन दिएको दुई दिनपछि एमाले नेताहरु आयोग पुगेर राजनीतिक दल सम्बन्धी ऐन अनुसार सो दल दर्ता गर्न नमिल्ने बताएको हो ।

उनीहरुले नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भन्दै नेकपा एमालेसँग मिल्ने अर्को दल दर्ता नगर्न आग्रह गरेका छन् ।

शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताएका छन् ।

यसैबीच निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर दुबैलाई एमाले र जसपा नाम जोडेर नयाँ पार्टी दर्ता गर्न नमिल्ने जानकारी गराइसकेको समाचार छ ।

आयोगले सर्वोच्च अदालतको फागुन २३ को फैसला अनुसार कुनै दलको नामसँग जुधाएर नयाँ दलको नाम दर्ता गर्न नसकिने मौखिक जानकारी दिएको र लिखित पत्र समेत पठाउने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.