राजनीति

माधव नेपालको पार्टीको नामबाट एमाले हट्यो

नेकपा एमालेलाई जोडेर समाजवादीको पुच्छर गाँसेर नयाँ दल दर्ता गर्ने माधवकुमार नेपालको पार्टीबाट अब एमाले नाम राख्न नपाउने भएपछि पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अर्थात् नेकपा एकीकृत समाजवादी हुने सो पार्टीका नेता नागेन्द्र चौधरीले जानकारी दिनुभएको छ ।

निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि एमाले हटाइएको हो ।

बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश र नियमावली अनुसार शुक्रबार पार्टी दर्ताका लागि नयाँ निवेदन दिँदा नेकपा एकीकृत समाजवादी नाम प्रस्ताव गरिएको छ भने ९५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११५ पुर्याइएको छ । चुनाव चिन्ह भने तय भएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.