राजनीति

चन्द्रागिरिको शैक्षिक सुधारका लागि अध्यक्ष ओलीबाट रु १० लाख सहयोग

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गरेको हो ।

निर्माणाधीन सो वडास्थित भिराडिल खाइके साकुरा पार्क अवलोकनपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “यो धर्तीमा काम नलाग्ने कुनै पनि त्यस्तो मानिस, वस्तु वा ठाउँ हुँदैन, त्यसको उदाहरण यो पार्क हो ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.