भरतपुर अस्पतालमा एकजना सङ्क्रमितको मृत्यु, २६ जनामा संक्रमण पुष्टि
कोरोना संक्रमण र संक्रमितको मृत्युको संख्या बढ्दै गएको चितवनमा शुक्रबार विहान थप एकजनाको मृत्यु भएको छ । समाचार अनुसार भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका वडा नं १३ का कोरोना सङ्क्रमित ६५ वर्षका पुरुषको मृत्यु भएको हो ।
कोरोना संक्रमण र संक्रमितको मृत्युको संख्या बढ्दै गएको चितवनमा शुक्रबार विहान थप एकजनाको मृत्यु भएको छ । समाचार अनुसार भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका वडा नं १३ का कोरोना सङ्क्रमित ६५ वर्षका पुरुषको मृत्यु भएको हो । त्यस्तै शुक्रबार विहान २२ जना संक्रमित थपिएका छन् ।
मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिनुभयो ।
उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।
यसै गरी चितवनका थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा विहीवार गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो ।
यस्तै, राप्ती नगरपालिकाका वडा नं २ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए । संक्रमण देखिएकाहरु १२ देखि ६७ बर्ष उमेर समूहका छन् ।
त्यसैगरी, नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको छ । नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो । उनीहरु अस्पताल अएका बिरामी हुन् ।
प्रतिक्रिया राख्नुहोस्